Kohalpur Today Header Ads

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई पक्राउ




धितोपत्रसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरेको छ।

ब्यूरोले उनलाई काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको सीआईबी प्रवक्ता शिव कुमार श्रेष्‍ठले नागरिक न्युजलाई जानकारी दिए।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।

ब्यूरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार गोल्छासमेतको मिलेमतोमा ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुर भएको देखिएको छ।

सोही ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि धितोपत्र बोर्डले सीआईबीलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार