सुर्खेत, चैत्र १६ गते ।मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन परिषद्को बैठक सोमबार सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति तथा परिषद्का अध्यक्ष प्रा. डा. ध्रुवकुमार गौतमको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटलाई आवश्यक छलफल सहित स्वीकृतगर्दै थप प्रक्रिया अघिबढाउने निर्णय गरेको छ।

बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल र लेखा अधिकृत बब्लु गुरुङद्वारा प्रस्तुत बजेट तथा कार्यक्रममाथि विस्तृत छलफल भएको थियो। परिषद्का सदस्यका रूपमा रहेका विभिन्न ग्र्याजुएट स्कूलका डीनहरू, सदस्यहरू तथा आमन्त्रित महानुभावहरूले विश्वविद्यालयको समग्र विकासलाई केन्द्रमा राख्दै योजना प्राथमिकीकरण, आय–व्यय सन्तुलन, स्रोत व्यवस्थापन तथा कार्यान्वयन पक्षलाई थप वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण सुझावहरू राखेका थिए ।

बैठकमा अध्यक्ष प्रा. डा. गौतमले विश्वविद्यालयलाई दीर्घकालीन रूपमा स्पष्ट दिशा दिने उद्देश्यले यथार्थपरक र परिणाममुखी योजना तथा बजेट प्रस्ताव गरिएको उल्लेख गरे । उनले प्रस्तावित कार्यक्रमहरूले शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन र संस्थागत सुदृढीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
बैठकको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक तथा परिषद्का सदस्य–सचिव विष्णुकुमार खड्काले गरेको जानकारी विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले कोहलपुर टुडेलाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्