अछाममा मतपत्र भित्र कण्डम भेटियो




अछाम । अछाममा मतपत्र भित्र कण्डम भेटिएको छ । क्षेत्र नम्बर-२ अन्तरग मङ्गलसेन नगरपालिकाको वडा नम्बर ८,९,१० र ११ को मतगणनाका क्रममा कण्डम भेटिएको हो ।

मतपत्रमा सुपर ग्लु लगाएर खोलिएको अवस्थामा कण्डम टासेको थियो । उक्त मतपत्र भित्र कुनैपनि चुनाव चिन्हमा छाप भने लगाइएको थिएन ।

सो मतपत्र लाइ बदर गरिएको छ । यी वडामा जम्मा १२०७ मत खसेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार