
रुपन्देही । दाङको तुलसीपुरमा नेकपा एमालेका कार्यकर्ताहरुले रास्वपाको क्षेत्र नं ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिदिएका छन् ।
बिहीबार सोही क्षेत्रमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाएपछि एमाले कार्यकर्ता आक्रोशित भएका छन् । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरिेदिएका हुन् ।
रास्वपाले पार्टी कार्यालय तोडफोड भएको तर कसले किन गरेको विषय केही नखुलेको जनाएको छ । बिहीबारजस्तै उक्त तोडफोडको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसमा युवा संघ र एमालेको नारा लगाउँदै केही युवाहरुले तोडफोड गरेको देखिन्छ । तर प्रहरीले यसलाई तत्काल रोकेको जनाएको छ ।
इलाका प्रहरी तुलसीपुरले तोडफोड प्रयास भएपनि नजिकै प्रहरी भएकाले तत्काल रोकिएको र केही क्षति नभएको जनाएका छन् ।
बिहीबार एमालेको झण्डा जलाएको आरोपमा तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत प्रहरी नियन्त्रणमा छन् ।
Nepalpress बाट
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्