प्रजातन्त्र दिवसका अवसरमा सनराइज स्कुल द्दारा प्रभातफेरी




राप्तीसोनारी । बाँकेको राप्तीसोनारी–९ उद्दैनस्थित महादेवपुरी सनराइज ई. मी स्कुल ले ७५औँ प्रजातन्त्र दिवसका अवसरमा बिहीबार प्रभातफेरी तथा विविध अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय परिसरबाट सुरु भएको प्रभातफेरी उद्दैन हुँदै ढकेरी बजार परिक्रमा गरी पुनः विद्यालयमै पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा विद्यार्थीहरू लोकतन्त्र र राष्ट्रिय एकतासम्बन्धी सन्देश लेखिएका प्लेकार्डसहित सहभागी भएका थिए। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको सहभागिता रहेको विद्यालयले जनाएको छ।

दिवसका अवसरमा विभिन्न कक्षास्तरीय खेलकुद प्रतियोगितासमेत आयोजना गरिएको संस्थापक प्रिन्सिपल सागरदत्त गौतमले जानकारी दिए।

कक्षा नर्सरीमा आयोजित चकलेट दौडतर्फ छात्रामा शोनिका ओली प्रथम, आहना के.सी. द्वितीय र रेष्मी बि.क. तृतीय भए भने छात्रतर्फ समीर ओली प्रथम, प्रनव ओली द्वितीय र भिमबहादुर खत्री तृतीय भए।

एल.के.जी. चकलेट दौडतर्फ छात्रामा निशा ओली प्रथम, रोजिका थारू द्वितीय र रियाशा डाँगी तृतीय भए। छात्रतर्फ नवीन देवकोटा प्रथम, बिरान्स बि.क. द्वितीय र प्रीन्स ओली तृतीय भए।

यु.के.जी. बेलुन फोड प्रतियोगितामा छात्रातर्फ इष्मा थारू प्रथम, दिपशना थारू द्वितीय र झरना थारू तृतीय भए भने छात्रतर्फ बिपिन पुन प्रथम, मिरज खड्का द्वितीय र शेखर के.सी. तृतीय भए।

कक्षा १ र २ मा कुर्सी दौड प्रतियोगिता सम्पन्न गरिएको थियो। कक्षा ३, ४ र ५ मा स्लो साइकल रेस तथा कक्षा ६ र ७ मा साइकल रेस आयोजना गरिएको विद्यालयले जनाएको छ। विभिन्न कक्षामा छात्रा तथा छात्रतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र राष्ट्रप्रेमको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार