सभापतिकाे लागि पुनः भाेलि मतदान हुने




नेपाली कांग्रेस बाँकेको सभापतिमा पुनः मतदान हुने भएकाे छ ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ तर तीन सभापतिकाे उम्मेद्वार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढि नल्याएपछि पुनः भाेली निवार्चन हुने निर्वाचन समितले जनाएकाे छ ।

१ हजार ४ सय ४५ मत परिमाण गन्दा गाैडेलले ५ सय ६९ मत, कुर्मीले ५ सय ३८ र हमाललेे ३ सय १४ मत प्राप्त गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १९ गते बिहीबार