कृष्ण कुमार शाही, कोहलपुर ।
वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्वागत तथा ‘वागेश्वरी कप खेलकुद प्रतियोगिता’मा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस कोहलपुरमा आज एक कार्यक्रमको आयोजना गरि स्नातक तथा स्नातकोत्तर तहमा प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका नवआगन्तुक विद्यार्थीहरु लाई स्वागत गरिएको थियो । साथै कार्यक्रममा केही दिन अगाडी संचालन गरिएको सप्ताहव्यापी खेलकुद प्रतियोगिताका विजेजा एवम् उपविजेता खेलाडीहरु लाई पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज तथा सोसियल साईन्सका डिन सह प्राध्यापक डा आनन्द प्रसाद सुवेदीले वागेश्वरी क्याम्पसले लुम्बिनी, कर्णाली र सुदृढ पश्चिम प्रदेशमा नै शैक्षिक नेतृत्व गर्दै आएकोमा प्रशंसा व्यक्त गरे । उनले पछिल्लो समयमा मध्यपश्चिम विश्वविद्यालयको आंशिक क्याम्पसहरु मध्ये वागेश्वरी बहुमुखी क्याम्पस उत्कृष्ट क्याम्पस भएको जिकिर गरे ।
उनले विश्वविद्यालयले अहिले एल एन डिपि अनुसार स्नातक तथा स्नातकोत्तर तहका पाठ्यक्रम परिवर्तन र परिमार्जन गरि २१ औ शताब्दीमुलक विषयका कोर्षहरु निर्माण गरि लागु गरिएको जानकारी दिए । विश्वविद्यालयल्व शैक्षिक क्यालेन्डर, परिक्षा प्रणाली र नतिजा प्रकाशनको काम समयमा नै गर्ने गरेको जानकारी दिदै प्राध्यापक तथा कर्मचारीहरु लाई सोही अनुसार आफू लाई अपडेट हुन आग्रह गरे ।
उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय कन्फ्रेरेन्स गर्न लागेकोमा प्राध्यापक कर्मचारी लाई भागलिन पनि अनुरोध गरे । विश्वविद्यालय स्थापन हुनु अगावै स्थापन भएर निकै लामो समय अध्ययन गरांउदै आएका क्याम्पसहरुको प्रगती पछिल्लो समयमा प्रसंसक भएको जिकिर गरे । क्याम्पसहरु अब नंया नयाँ कार्यक्रम सन्चालन गरि २१ औ सताब्दीमुलक जनशक्ति उत्पादन गर्दै विश्वविद्यालय बजारमा काम पाउने खालको जनशक्ति उत्पादन गर्नुपर्ने समय आएको वताए ।

कार्यक्रम बोल्दै वागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दान बहादुर हमालल्व वागेश्वरि बहुमुखी क्याम्पस विद्यार्थीहरुको रोजाईमा परेको जानकारी दिए । अनुभवी, दक्ष, योग्य र युवा जनशक्तिले पठनपाठन गरिरहेको जानकारी दिदै २ जनाले विद्यावारिधि पूरा गरेको, ७ जनाले विद्यावारिधि अध्ययन गरिरहेका, ६/७ जनाले एमफिल पूरा गरेको एवम् विश्वविद्यालयकै सबैभन्दा बढी पाठ्यपुस्तक लेखन गर्न्व लेखकबाट नै पठनपाठन हुँदै आएकोले अब्बल जनशक्ति नै रोजाईको कारण भएको जानकारी दिए । विभिन्न संकायमा विभिन्न विषयहरूको पठनपाठन हुनु विद्यार्थीहरुको लागि सुविधा भएको जानकारी दिए । उनले शैक्षिक वातावरण पनि बालमैत्री एवम् शान्त वातावरणमा अत्याधुनिक शिक्षण विधिबाट पठनपाठन हुनु गर्वको कुरा रहेको जानकारी गराए ।

कार्यक्रममा अतिथिहरु पूर्व क्याम्पस प्रमुख सहप्राध्यापक खगराज पन्त, अधिकारी, ध्रुवकुमार अधिकारी, शिशिर कुमार शर्मा, मध्यपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस सुर्खेत ह्य्म्यानिटिज एन्ड सोसियल साईन्सका पुर्व विभागीय प्रमुख एवम् प्रगति प्राध्यापक संगठन एकाइ अध्यक्ष वेदप्रकाश ढकाल, बबई बहुमुखी क्याम्पस बर्दियाका क्याम्पस प्रमुख हरि जोशी, केन्द्रिय क्याम्पस सुर्खेतका स्ववियु अध्यक्ष ईन्जिनियर विवेक खड्का, पुर्व स्ववियु अध्यक्षहरु अब्दुल हुसेन खां, दिनेश के सि देवेन्द्र बुढा लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी बहुमुखी क्याम्पसका अध्यक्ष एकराज शर्मा, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष अनुप शाही, नेपाल रास्ट्रीय संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने, पुर्व स्ववियु अध्यक्ष सुर्य रोकाया कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुबाट सांस्कृतिक झलक देखाइएको थियो । कार्यक्रममा प्राध्यापक एवम् कर्मचारी र विद्यार्थी संचारकर्मीको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रममा विजेता तथा उपविजेता खेलाडीहएउ लाई नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । ग्र्यानुएट स्कुल अफ एजुकेसनका विभागीय प्रमुख एवम् खेलकुद समिति संयोजक ज्ञानेन्द्र शाहीले स्वागत मन्तव्य राखेका थिए । क्याम्पस प्रमुख दान बहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण डा खोपिराम वलि क्षेत्रीले गरेको मिडिया संयोजक उप प्राध्यापक एकराज शर्माले कोहलपुर टुडेलाई जानकारी दिए ।
फोटोफिचर:



कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्