नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा १४ मतले नारायण गौडेलले सुरुवाती अग्रता लिएका छन् । कुल ४०० मत गन्दासम्म गौडेलले १६३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उनका प्रतिद्वन्दी बादशाह कुर्मीले १४९ मत र अर्का सभापतिका उम्मेदवार सुरेन्द्र हमालले ८१ मत ल्याएका छन् । कुल १४ सय ९३ मत संख्या मध्ये १४४५ जना मतदाताले मतदान गरेको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।
आज सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज अपराह्न ४ बजेसम्म मतदान भएको थियो। कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्