उच्च शिक्षा निःशुल्क गर्ने एमाले हो, दलितहरु अर्को पार्टीमा लाग्न मिल्छ : बास्कोटा (भिडियाे सहित)




कोहलपुर ।

पुर्व संचार मन्त्री गोकुल बास्कोटाले उच्च शिक्षा निःशुल्क दिने एमाले हो, दलितहरु अर्को पार्टीमा लाग्न नमिल्ने बताए । बाँकेको कोहलपुर ११ भेरी शित भण्डारमा नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ति समाज कोहलपुर नगर कमिटिको आयोजना गरिएको कार्यक्रममा यस्तो बताएका थिए ।

‘दलित उत्पीडित जातिका समूदायहरुको उच्च शिक्षा सम्मको निःशुल्क गर्‍र्यौ’ उनले भने, ‘त्यो गर्ने पार्टी एमाले हो, दलितहरु अर्को पार्टीमा लाग्न मिल्छ ।’ जसले उन्मुक्ति दिन्छ त्यसको साथमा हुनुपर्ने उनको बताए ।

‘नत्र भने यस्तै गरी अर्को पार्टीमा जाने हो भने सामाजिक रुपान्तरणको मुद्धा हुन सक्दैन, यो कुरा यहाँहरुले बुझ्नुभएको होला त्यहि भएर एमालेमा आउनुभएको होला ।’ ‘अरुलाई बुझाउनुहोला, उनले थपे, ‘मलाई थाहा छैन कोहलपुरमा उत्पीडित समुदाय कति छ ? तर हरेक बस्तीमा छ म दावा साथ भन्छु ।

पुरेत नभएको कुनै बस्ती हुँदैन, कुचिकार नभएको कुनै बस्ती हुँदैन त्यसकारणले कोहलपुरमा पनि धेरै बस्ती छ ।’

आगामी निर्वाचनको लागि यस्तै मुद्धा लिएर जनताको माझामा जाने र सबै उत्पीडित जनसमुदायहरुलाई चुनावमा होमिन निर्देशन दिए । यस्तै नेपाल उत्पीडित जातिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य भिम नेपालीले लगायत १ सय जनाको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १९ गते बिहीबार