कृष्ण कुमार शाही, बांके ।
नरैनापुर वडा नं.६ मा दोस्रो वडा कप फुटबल प्रतियोगितामा मनकामना विजयी भएको छ । नरैनापुर गाउँपालिका वडा नं. ६ गंगापुर बाँकेको सहयोगमा र दर्पण समाज विकास नेपाल नरैनापुर -५ बाँकेको आयोजनामा हिजो मिति २०८२ माघ ०६ गते सोमबार देखि सुरु भएको वडा कप आज मंगलबार ६ गते सम्पन्न भएको को छ । दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ को समापन सत्रमा प्रमुख अतिथी नरैनापुर वडा नं.६का वडा अध्यक्ष प्रेम चन्द्र मौर्यको प्रमुख अतिथित्व, दर्पण समाज विकास नेपाल बाँकेको अध्यक्ष सियाराम धोबीको अध्यक्षतामा प्रतियोगिता सम्पन्न गरिएको छ ।
कार्यक्रममा, अतिथीहरु वडा सदस्य मायावती धोबी,वडा सचिव भरत राज गोराथोकी, कार्यालय सहायक सुजीत तिवारी, जय किसान मा.वि. भोजपूरका प्र.अ. तिरथ राम मौर्य,ने.रा.मा.वि. जमुनीका प्र.अ. अम्बर लाल यादव, प्रहरी चौकी गंगापुरका इन्चार्ज विष्णु बहादुर थापा, सामाजसेवी जेष्ठ नागरिक मान बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा नरैनापुर वडा नं.६ का श्री संतानेश्वर रोयल्स क्लब कोहला, मनकामना युवा क्लब कोहला, ने.रा.मा.वि. जमुनी, रामपुर युवा क्लब , रामपुर गरी ४ वटा टीमहरु प्रतिस्पर्धामा उत्रेका छन ।

आज भएको प्रतिस्पर्धामा रामपुर युवा क्लबलाई मनकामना युवा क्लबले ४-० का विरूद ४ गोलेले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो । यस्तै रामपुर युवा क्लब र संतानेश्वर रोयल्सका बीच भएको सेमी फाइनल खेलमा रामपुरलाई पराजित गरी संतानेश्वरले फाइनल यात्रा तय गरेको थियो । साथै संतानेश्वर रोयल्स र मनकामना युवा क्लब बीच भएको फाइनलमा प्रतिस्पर्धामा मनकामनाका योगेन्द्र बाठाले -१, सागर खत्रीले २, अरुण परियारले १ र मदन घर्तीले १ गोलेको योगदानमा जम्मा ५-१ गोलले संतानेश्वर्लाई पराजित गरी मनाकामना युवा क्लब बिजयी हासिल गरी वडा कप हात पारेको छ । प्रतियोगितामा ने.रा. मा.वि. जमुनीका सुमन परियार उत्कृष्ट गोल कीपर, मनकामना युवा क्लबका शिशिर गुरुङ बेस्ट प्लेयर ओफ द म्याच र सागर खत्री उत्कृष्ट गोलकर्ता हुन् सफल भएका थिए ।

कार्यक्रममा बिजेताहरुलाई प्रमाणपत्र मेडल प्रदान गरियो थियो | कार्यक्रम सम्पन्नगर्न सुरक्षा प्रदानगर्ने इ.प्र.का. भगवानपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्राविधिक रेफ्री र खेलाडी लगायत सहयोग गर्ने सबैलाई फिल्ड मार्शल चेत बहादुर राना र कार्यक्रम संयोजक अरुण दर्पणले संयुक्त रुपमा धन्यवाद ज्ञापन व्यक्त गरेका थिए भने सबैप्रति आभार प्रकट गर्दै सभा अध्यक्षले कार्यक्रम समापन गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्