नेपाली काँग्रेस बाँकेको सभापतिमा को बन्छ ?

निर्वाचनमा कुल एक हजार ४ सय ९३ प्रतिनिधिले मत हाल्ने

काेहलपुर ।

नेपाली काँग्रेस बाँकेको १४ औं अधिवेशन अन्तर्गत बिहीबार बाँके जिल्लामा निर्वाचन हुदैँछ । जिल्ला समन्वय समितिको हलमा विहान ९ बजेदेखि मतदान सुरु भएकाे निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि जिल्लाका तीन जना नेताबीच कडा प्रतिस्प्रर्धा हुँदैछ । संस्थापन (शेरबहादुर देउवा) पक्षबाट २ जना र संस्थापन इतर (शेखर कोइराला) पक्षबाट १ जना गरि तीन जना नेताबीच त्रिपक्षिय कडा प्रतिस्पर्धा हुँदैछ ।

सभापतिमा आफ्नो वर्चश्व कायम गर्न र मतदातालाई फकाउन सभापतिका दावेदार तीनैजनाले वडा, पालिका, क्षेत्रदेखि केन्द्रसम्म हरसम्भव प्रयास गरेका छन् । सबै उम्मेदवारहरू सबैकाे घरघरमा दाैडधुव गरेका थिए । सबैकाे उत्साह नै जित शुनिश्चत छ भन्ने छ तर काे बन्छ नेपाली काँग्रेस बाँकेकाे सभापति त्याे भने हेर्ने बाँकी छ ।

संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापति पदमा सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी निर्वाचन मैदानमा उत्रेका छन् भने संस्थापन इतर (शेखर कोइराला) पक्षबाट एक जना नारायणप्रसाद गौडेल प्रतिस्प्रर्धामा उत्रेका छन् ।

देउवा पक्षबाट दुई र कोइराला पक्षबाट एक जना सभापतिका उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि नेपाली काँग्रेस बाँकेको राजनीतिमा मात्र होइन काँग्रेस केन्द्रिय राजनीतिमा समेत यसले तरङ्ग ल्याएको छ ।

सभापतिमा तीन जना उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि बाँके काँग्रेस निर्वाचनमा पहिलो चरणमै परिणाम निस्कने सम्भावना छैन ।

किन भने सभापतिमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशत बढी मत ल्याउनुपर्ने विधानमा व्यवस्था छ । ५० प्रतिशत बढी मत नआए धेरै मत ल्याउने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

बाँके काँग्रेस निर्वाचनमा कुल एक हजार ४ सय ९३ प्रतिनिधिले मत हाल्नेछन् । यो संख्यालाई हेर्दा बाँकेमा देउवा पक्षको ७० प्रतिशत र कोइराला पक्षको ३० प्रतिशत मतदाता रहेकाछन् ।