
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको जीवनज्योति स्कुलमा विज्ञान प्रदर्शनी, कला र सीप आयोजना गरिएको छ । शनिबार विद्यार्थीहरूको वैज्ञानिक सोच, व्यवहारिक ज्ञानलाई प्रोत्साहन गर्ने उद्देश्यले विज्ञान प्रदर्शनी तथा कला र सीप आयोजना गरेको हो ।
प्रदर्शनीमा नर्सरीदेखि कक्षा १२ सम्मका बालबालिकाहरुले तयार पारेका विज्ञान, प्रविधि, स्वास्थ्य, वातावरण संरक्षण तथा नवीकरणीय ऊर्जासम्बन्धी विविध परियोजना तथा मोडेलहरू राखिएको थियो भने विद्यार्थीहरूले आफैंले तयार पारेका मोडेलमार्फत आगन्तुक, अभिभावक तथा शिक्षकलाई परियोजनाको उद्देश्य र उपयोगिताबारे जानकारी गराएको जीवनज्योति स्कुलका प्रिन्सिपल जोमन जेम्स फादरले बताए ।

कला र सीपमा विद्यार्थीहरूले स्थानीय घरहरूदेखि अन्तराष्ट्रिय स्तरसम्मका सीप र कला प्रदर्शनी गरेका थिए । काेहलपुरका प्रशिद स्थान सहित ठुला ठुला मन्दिर भ्यूटावर सहित विभिन्न साँस्कृतिक झल्किने थारू गाउँ, बाध्यवादन निर्माण गरेकाे प्रिन्सिपल फादरले बताए ।
प्रदर्शनी अवलोकन गर्न आएका अभिभावक तथा आगन्तुकहरूले विद्यार्थीको प्रस्तुति, आत्मविश्वास र सिर्जनात्मकतालाई प्रशंसा गरेका थिए ।
पाठ्यपुस्तकमै सीमित शिक्षाभन्दा बाहिर गई व्यवहारिक सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने फादरजेम्सले बताए ।

जेम्सका अनुसार आगामी दिनमा यस्तै शैक्षिक, प्रविधिमैत्री तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा शिक्षक, अभिभावक र एपिएफ विद्यालयका विद्यार्थी लगायत अन्य विद्यालयका बालबालिकाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्