नेपाली काँग्रेसको सभापतिमा गगन थापा




काेहलपुर । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा गरेको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशनबाट गगन थापाकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हाे ।

कांग्रेसमा संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशन र सहमतिको अन्तिम रस्साकस्सी विफल भएपछि समिति घोषणा भएको हो ।

 उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार