कोहलपुर मिडिया हाउस प्रा.लि द्वारा संचालित कोहलपुर टुडे डटकम पश्चिम नेपालको खोजमुलक र अनुसन्धानमुलक न्यूजको लोकप्रिय डिजिटल अनलाइन सञ्चार माध्यम हो। कोहलपुर टुडे डटकमले समाजमा हुने हरेक शिक्षा, स्वास्थ्य, कृर्षी, पर्यटन साथै सामाजिक तथा प्रशासनिक कुराहरुलाई प्रथामिकता साथ प्रकाशन गर्दछ । यद्यपी कोहलपुर टुडेले मूलतः खोजमुलक र अनुसन्धानमुलक न्यूज तथा सरोकार राख्ने घटना, पात्र, प्रवृत्ति र मुद्दाको विषयमा रहेर काम गर्न अनलाइन सञ्चार माध्यम हो।
तीनवटा प्रदेश लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केन्द्रलाई विशेष प्राथमिक दिएर कोहलपुर नगरपालिकाको वडा नं – ११ सरस्वती पार्कमा कार्यालय रहेको छ । “विकास समृद्धि र समाज रुपान्तरणका लागि सञ्चार” भन्ने मुल उद्देश्यका साथ कोहलपुर मिडिया हाउस प्रा.लि मार्फत आधुनिक युगमा संचारको महत्वसंगै परिवर्तनलाई समेट्दै संचारको डिजिटल माध्यमका रुपमा अनलाइन पत्रिका कोहलपुर टुडे डटकमको प्रकाशन/प्रशारण बीस २०७९ सल मंसिर महिनामा विधिवत स्थापना गरिएको हो । पछिल्लो समयमा ब्रेकिङ न्यूजदिने होडवाजीमा धेरै अनलाइनहरुले तथ्यमा आधारित भन्दा भाइरल बनाउने उद्देश्यले समाचारहरु प्रकाशन/प्रशारण गर्दै आएका छन् । यसबाट आम पाठकलाई भ्रमीत गर्ने काम भएको हामिले महसुस गरेका छौँ । जसको कारण समस्या उत्पन्न हुने गरेकोले पछिल्लो समय कोहलपुर टुडेको पहिलो हुने भन्दा पनि सत्य र तथ्य के हो ? सत्यतथ्य समाचार र अनुसन्धानमुलक खोजी गरि समाचारहरुको प्रकाशन प्रशारण गर्दै आएका छौँ ।
कोहलपुर टुडेले देशमा भएका सामान्य मानिसको जिवन परिर्वतन गर्न सक्ने खालका मुद्दा हाम्रा प्राथमिकता दिएर प्रमुख समाचार बनाउंदै आएको जानकारी गराउंदछौ । हाम्रो समाजमा हुने हरेक खालमा विकास निर्माण, सामाजिक परिवर्तन, संस्कृतिको संरक्षण जस्ता गतिविधिहरू र सन्तुलित विचारलाई हामीले प्राथमिकता दिदै आएको छौँ । पत्रकारिताको मूलधारमा रहि लामो अनुभव बटुलेका सञ्चारकर्मीहरूको समाचार संकलन तथा सम्पादनले कोहलपुर टुडे डटकम पाठकहरूको लागि गतिलो समाचारको खुराक बन्न सफल भएको छ।
आम नागरिकका चाँसोको विषयलाई प्राथमिकताका आधारमा सन्देश मूलक सूचना उपलब्ध गराउनु सामाजिक जिम्मेवारी भित्र परेको हामीले महसुस गरेका छौँ । सोही आधार र क्रियाकलापलाई सफल बनाउन कोहलपुर टुडे डटकमले पछिल्लो समयमा २.६ मिलियन भ्युजमा पुग्न सफल भएकोले आगामी दिनमा सम्पूर्ण सरोकारवाला निकाय, संघसंस्था र व्यक्तिहरु लाई यसका विभिन्न गतिविधिमा जोडिएर काम गर्न अनुरोध गर्द्छौ । यस कार्यमा अहोरात्र खटिएको मिडिया टिमको सराहनीय कार्य रहेको समेत जानकारी गराउंन चाहन्छौ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्