सुदाम शर्मा, कर्णाली ब्युरो ।
मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशन अन्तर्गत समावेशी शिक्षामा स्नातकोत्तर (एम.एड.) तहको तेस्रो र चौथो सेमेस्टरको पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी दुईदिने कार्यशाला मिति २०८२ साल पौष ४ र ५ (डिसेम्बर १९ र २०, २०२५) गते MICD ललितपुरमा सम्पन्न भएको छ ।
कार्यशालाको पहिलो दिन ग्र्याजुएट स्कुल अफ एजुकेशनका डिन प्रा.डा. यमबहादुर कार्कीज्यूको अध्यक्षतामा शुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. शोभाखर कँडेलज्यू रहेका थिए । कार्यशालाको उद्घाटन सत्रमा स्वागत मन्तव्य विषय समिति अध्यक्ष डा. प्रेम कुमारी ढकालले गरिन भने योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्काले कार्यक्रमका बारेमा जानकारी गराएका थिए।

प्रा.डा. बासुदेव काफ्लेज्यूले नोरेड II (NORHED II) परियोजनाका बारेमा जानकारी दिए । दुईदिने कार्यशालाको उद्देश्य समावेशी शिक्षामा स्नातकोत्तर तहका पाठ्यक्रमको संरचना, उद्देश्य, विषयवस्तु, मुल्यांकन प्रक्रिया तथा शोक्षण विधिबारे विज्ञ तथा सरोकारवालाबीच औपचारिक छलफल र सुझाव संकलन गरी विज्ञहरुले निर्माण गरेका विस्तृत पाठ्यक्रमहरुलाई उत्कृष्ट तथा प्रभावकारी बनाउनु रहेको थियो ।
प्रमुख अतिथि प्रा.डा. शोभाखर कँडेलले विश्वविद्यालयमा अनुसन्धानमुखी उच्च शिक्षाको सुदृढीकरणका लागि यस प्रकारका पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए । उनले समावेशी शिक्षालाई सुदृढ बनाउन व्यवहारिक र अनुसन्धानमुखी पाठ्यक्रमको आवश्यकता औंल्याउँदै यस प्रकारका कार्यशालाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए । कार्यशालाको प्रथम दिनको दोस्रो सत्र प्रस्तुति तथा छलफल (Presentation & Discussion Session) सत्रमा समावेशी शिक्षामा स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विभिन्न छ ओटा विषयहरू सम्बन्धित विषय विज्ञहरुले प्रस्तुतिकरण गरेका थिए ।

दोस्रो दिनको प्रथम सत्रमा चौथो सेमेस्टरका विषयहरू सम्बन्धित विषय विज्ञहरुले प्रस्तुतिकरण गरे । प्रत्येक प्रस्तुतिपछि विज्ञ समीक्षकहरूद्वारा समीक्षा तथा अन्तरक्रियात्मक छलफल सम्पन्न भएको थियो । कार्यशालामा त्रिभुवन विश्वविद्यालय, सुदुर-पश्चिम विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालयका विज्ञ प्राध्यापक तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्ष तथा डीन प्रा.डा. यमबहादुर कार्की, शैक्षिक गुणस्तर, अनुसन्धानको सुदृढीकरण तथा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ग्र्याजुएट सकुल अफ एजुकेशन डिनको कार्यालय प्रतिबद्ध रहेको धारणा राख्दै कार्यशालाको समापन गरेका हुन । कार्यशालाको सहजीकरण उपप्रा. भिम बहादुर रोकायाले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्