बसोबास महिला बचत तथा ऋण सहकारीले मनायो १८औं वार्षिकोत्सव(फोटो फिचर)




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको बसोबास महिला बचत तथा ऋण सहकारी संस्थाले १८ औं वार्षिकोत्सव मनाएको छ ।

विहिबार एक औपचारीक कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य प्रेम सुवेदीको प्रमुख अतिथि तथा बसोबास महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष आशा घर्ति मगरको सभाध्यक्षमा १८ औं वार्षिकोत्सव मनाएको हो ।

यस्तै राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य प्रेम सुवेदीले ‘एक सदस्य एक सहकारी’ विधिको आंगिकार गर्न अनुरोध गरेका थिए ।

‘सहकारीका सदस्य आफू स्वयम्का कारणले ऋणी बनेको बताउँदै त्यो सहकारीको निति र नियम, होइन्,’ सुवेदीले भने, सहकारीको निति र विधिले भनेको शेयर सदस्यलाई धनी बनाउने हो ऋणी बनाउने होइन् ।’ विश्वाशिलो सञ्चालक समिति, अध्यक्ष तथा पदाधिकारीहरुको आफ्नो कार्यक्षेत्रमा घरघडेरी भएको अवस्थामा शेयर लिई आफ्नाले लगानी सुरक्षित गर्न अनुरोध समेत गरेका थिए ।

यस्तै बसोबास महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष आशा घर्ति मगरले हालसम्म ६ सय ४३ वटा शौचालय, कोहलपुर १ र २ को समन्वयमा १६३ वटा घारा, खानेपानी पिउन र लागि ९९ बायोस्यान्ड फिल्टर निर्माण गरेको बताइन् ।

मगरले आगामी वर्षका योजना तथा कार्यक्रमहरु समेत सार्वजनिक गरेकी थिइन् भने सूचना पार्दशिकता र सेवा प्रवाह सम्बन्धीका नयाँ कार्यक्रम समेत प्रस्तुत गरेकी थिइन् ।

यस्तै सहकारीकी कोषाध्यक्ष कृष्ण कुमारी खड्काले १० करोड ५० लाख ६४ हजार ८९ रुपैयाको कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरेकी
थिइन् । खड्काले शेयर पूजी, बचत संकलनकर्ता, कर्जा तथा अन्य लगानी, आर्थिक वर्ष २०८१/२०८२ सम्म ४ लाख २१ हजार १ सय ५८ रुपैया खुद नाफ भएको प्रतिवेदनमा उल्लेख थियो ।

यस्तै सहकारीकी लेखा संयोजक लक्ष्मी कुमारी थापाले लेखा सुपरीवेक्षण समितिको लेखाप्रतिवेदन प्रस्तुत गरेकी छिन् भने कार्यक्रम शिक्षा उप समिति संयोजक केश कुमारी भण्डारीले सञ्चालन गरेकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार