
कोहलपुर । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कोहलपुर प्रहरीले १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ बस्ने बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाही छन् । उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शाहीले एक महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार













प्रतिक्रिया दिनुहोस्