
बैजनाथ । पुर्बपतिसँग गाभर होमस्टे बस्न गएकी एक महिलाकाे शव जङ्गलमा गाडिएकाे अवस्थामा भेटिएकाे छ ।
बैजनाथ गाउँपालिका-२ पितमारि बस्ने १९ वर्षीय नारायण परियार र उनकी पुर्वपत्नी खजुरा गाउँपालिका-६ सिमलघारीकी २१ वर्षीया देबिसरा खत्री मङ्सिर ९ गते राति मिनि गाभर होमस्टेमा बसेका थिए। तीन दिनपछि देबिसराकाे शव नजिकैको जंगलमा गाडिएको अवस्थामा फेला परेकाे हाे ।
उनको घाँटीमा पासो लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ। घटना भएकाे तीन दिनपछि इलाका प्रहरी कार्यालय कोहलपुर पुगेर परियार आफै घटनाको बारे जानकारी दिएकाे प्रहरीले जनाएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्