मध्यपश्चिम विश्वविद्यालय अनुसन्धान निर्देशनालयको संयोजनमा जर्नल प्रकाशन सम्बन्धिको वैठक सम्पन्न




सुदाम शर्मा, कर्णाली प्रदेश

मध्यपश्चिम विश्वविद्यालय अनुसन्धान निर्देशनालयको संयोजनमा जर्नल प्रकाशन सम्बन्धी वैठक सम्पन्न गरिएको छ । विश्वविद्यालय अनुसन्धान निर्देशनालयको संयोजनमा सरोकारवाला बीच जर्नल प्रकाशन सम्बन्धी वैठक शुक्रबार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको हो ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको समुपस्थितिमा बसेको बैठकले विश्वविद्यालयका विभिन्न निकायहरुबाट प्रकाशित हुँदै आएका अनुसन्धानात्मक जर्नलहरुलाई निरन्तरता दिई थप स्तरीय बनाउने निर्णय समेत गरिएको छो ।


अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक डा. पुष्पराज आचार्यद्वारा सहजीकरण गरिएको उक्त बैठकमा विभिन्न संकायका डीन, कार्यकारी निर्देशकहरु सहित जर्नलका उपलब्ध सम्पादक लगायतको उपस्थिति रहेको निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसीले  कोहलपुर टुडे लाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर ५ गते शुक्रबार