
पाल्पा । पाल्पामा शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएका छन्।
शैक्षिक भ्रमणको लागि दाङबाट आएका विद्यार्थी बोकेको ना.५ ख १०८९ नम्बरको बस रानीमहल जाने क्रममा शुक्रबार बिहान ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको छ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ मंसिर ५ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्