कोहलपुर ।
पूर्व जनमूक्ति सेना नेपालको कोहलपुर नगर भेलाले अध्यक्षमा पदम बहादुर थापा चयन भएका छन् । कोहलपुर नगरपालिका भित्रका १५ वटै वडामा पूर्व जनमुक्ति सेना नेपालको संगठन निर्माण भएको छ ।
मंगलबार नगर भेलाबाट पदम बहादुर थापाको अध्यक्षतामा ५१ सदस्यी कमिटि निर्माण भएको छ । सो भेलाका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र न्यौपाने रहेका थिए भने नगर का.व. अध्यक्ष बल बहादुर खड्काको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
यस्तै सो भेलामा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य तुलाराज विष्ट, पूर्व विग्रेट कमाण्डर दामोदर अधिकारी सहित १५ वडाका अध्यक्ष लगायतकोे उपस्थित रहेको थियो भने ससि बहादुर आलेले कार्यक्रम सञ्चालन गरेका थिए ।
काेहलपुर टुडे । १७ फाल्गुन २०७८, मंगलवार २०:४७