
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको तीन स्थानमा निःशुल्क मतदान नामावली दर्ता अभियान युवाले सुरु गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कोहलपुरको न्यूरोड, साझा चोक, चप्परगौडी चोक नजिकै निःशुल्क मतदान नामावली दर्ता अभियान युवाले सुरु गरेका हुन् ।
‘बाँके लगायत अन्य नेपाल भरीकै नेपाली नागरिकता भएको हुनपर्ने र निर्वाचन आयोगले दिएको निर्देशन अनुसार काम गछौं,’ उनले भने, ‘कोहलपुरमा बसिरहुनुभएका ७७ वटै जिल्लाका बासिन्दाहरुलाई नयाँ मतदाता नामावली दर्ता गर्न काम गरिरहेका छाैं ।’ नयाँ मतदाताहरुका लागि सहज र सरल रुपमा प्रभावकारी रुपमा गाउँघरकै आगनमा सेवा प्रवाह गरेको युवा रमेश वर जानकारी दिए ।
निःशुल्क मतदाता नामावली दर्ता गराउन सबै युवा खटिएको रमेश वरले जानकारी दिए । वरले भदौ २३ र २४ गते भएको देशभरी भएको आन्दोलनपछि मात्र उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट जेन्जी पुस्ता बाँकेको संयोजक भनि पोष्ट गरेका थिए ।
यस्तै नयाँका युवाले लोकतान्त्रिक अभ्यासमा आमनागरिकको सहभागिता बढाउन निःशुल्क मतदाता फाराम भरिदिने अभियान सुरु गरेका हुन् ।
यो अभियानमा प्रविधिमा निपूर्ण युवाले मतदाता हुन चाहनेको फाराम भर्ने, अनलाइन दर्ता गर्ने र त्रुटि सच्याउने काममा सहयोग गर्दै आएका छन् । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ मतदाता नाम दर्ता गर्ने म्याद तोकेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्