कोहलपुरमा बाघले लखेटेर मृत्यु भएको विषय नै संकास्पद




कोहलपुर । कोहलपुर नगरपालिका २ जन एकता सामुदायिक वनमा बाघले लखेटेर मृत्यु भएको विषय संकास्पद देखिएको छ ।

बाघको आक्रमणपछि भागदौडमा कोहलपुर २ का मोहन थारुको मृत्यु भएको भन्ने खबर फैलिएपछि तत्काल नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाल आर्मी सहित ग्याम स्काउट सहितको टोली घटना स्थलमा पुगेको बाँके राष्ट्रिय निकुञ्जका सहायक वाडेन मन्दिप पंगेनीले जानकारी दिए ।

शुक्रबार बेलुका ४ बजे मृतक मोहन थारु सहित ३ जना जंगलमा घाँस काटन् गएको स्थानियहरुले बताएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका सहायक वाडेन मन्दिप पंगेनीका अनुसार बाघले लखेटेको, कोतारेको भने काँही कतै छैन, त्यसको केही मिटर वरपर समेत बाँघको कुनै पाइला समेत नभएको बताए ।

उता संगै गएका ३ जना शकुशल रुपमा फर्किएपछि उनीहरुले भने अनुसार ‘बाघले लखेटेको र त्यसपछि ज्यान जोगाएर घर फर्किएको’ बयान दिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (प्रहरी नायव उपरीक्षक) चक्र बहादुर डमरपालले जानकारी दिएका छन् ।

मृतकका आफ्न्तले जाहेरी दिइसकेका छन् तर पोष्टपाटम पश्चात मात्र के भएको हो ? भन्ने पुष्टी हुने डमरपालले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार