नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका क्रममा सुर्खेतमा झडप भएको छ । प्रहरी र बन्दकर्ताबीचको झडपले वीरेन्द्रनगरको मंगलगढी चोक तनावग्रस्त बनेको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्याससमेत हानेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । तर, आन्दोलनकारीहरूले भने विभिन्न गल्लीबाट निस्किएर प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । प्रहरीले १० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्