पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित पुष्टि




काठमाडौं,

पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ६७२ पीसीआर र ३ हजार ५०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ७५० जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ८८३ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३०७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ। उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११३ जना आइसीयू र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लाे २४ घण्टामा देशभर २ लाख ६६ हजार ९८८ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २५ गते शनिबार