वाइवाइ पाँचौ बाँसगढी महोत्सव सुरु, पहिलो दिन कुलेन्द्र विश्वकर्मा लगायतका कलाकार आउँदै

रावन विश्वकर्मा,

वाइवाइ पाँचौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया महोत्सव सुरु भएको छ । सोमबार बिभिन्न भेषभुषाका झाँकि सहितको र्यालीले बाँसगढी बजार परिक्रमा गर्दै महोत्सव भव्य रुपमा सुरु भएको हो । “घुम्न जाऔं, बाँसगढी महोत्सव” भन्ने मुल नारा सहित सुरु भएको महोत्सवको बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले बिशेष समारोहका बिच बिधिवत् उद्घाटन गर्नुभयो ।

महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले मेलाले स्थानिय कला संस्कृति र पर्यटन क्षेत्रको विकासमा ठुलो भुमिका खेल्ने बताउनुभयो । त्यस्तै बिशेष अथितिको रुपमा रहनु भएको नेपाल उद्योण वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले यो भिषम परिस्थितिमा पनि मेलाको आयोजना गर्ने साहास गरेकोमा आयोजक संस्थालाई बिशेष धन्यवाद दिनुभयो ।

महोत्सव मुल समिति संयोजक तथा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंङ थारुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, स्थानिय समाजसेबी बुद्धिजिबी लगायतको सहभागिता रहेको थियो ।

महोत्सव उद्घाटन कार्यक्रमको समापन बाँसगढी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बद्री बरालले गर्नुभएको थियो । बाँसगढी उद्योग बाणिज्य संघको मुख्य आयोजना र सिजि फुड्स ईन्टरप्राईजेट प्रा.लिको मुख्य प्रायोजनमा सुरु भएको हो । बाँसगढी उद्योण वाणिज्य संघको सभा हल सहितको बहुआयामिक भवन निर्माण गर्ने उदेश्यका साथ आयोजना गरिएको मेला फागुन २६ गते सम्म चल्ने छ ।

१ सय बढी स्टलहरु रहेको मेलाको १ लाख बढीले अवलोकन गर्ने र ४ करोड बढी कारोबार गरी झण्डै ८० लाख आम्दानी गर्ने लक्ष्य राखिएको महोत्सव मुल समिति संयोजक रामसिंङ थारुले जानकारी दिनुभयो । महोत्सवको पहिलो दिन मंगलबार चर्चित राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु कुलेन्द्र विश्वकर्मा, सोनु कुश्मी, सदिक्षा चौधरी, बिवश चौधरी लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने् प्रचार प्रसार उपसमिति संयोजक एकनाराण अधिकारीले जानकारी दिनुभयो ।