कोहलपुरमा पाँच दिने आधारभुत पत्रकारीता तालिम सुरु

कोहलपुर ।

कोहलपुर नगरपालिकामा आधारभुत पत्रकारीता पाँच दिने तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सो तालिम आयोजना गरेको हो । प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख अतिथि शुशिल शर्मा (लामिछाने)ले तालिमको उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै शर्माले प्रेस सेन्टर स्थापना कालदेखि हालसम्मको बारेमा जानकारी दिएका थिए । पत्रकारको परिचय सहित यसको निकै गहिराइ सम्म पुगेर पशिक्षार्थीलाई बुझाएका थिए । पत्रकार पत्रकारीता पेशाको महत्व, समाचार कसरी उत्पादन हुन्छ, कहाँबाट आउँछ, कसरी लेख्ने, के कुन माध्यमबाट आएको समाचारलाई कसरी पुष्टी गर्ने र त्यसलाई बस्तुनिष्ठ, तथ्य, विश्लेषण, भाषा छनोट लगायत विविध कुराहरुको बारेमा चर्चा गरेका थिए ।

यस्तै नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले पत्रकार र पत्रकारीता अब मिसन पत्रकारीतामा जोड दिनुपर्ने बताएका थिए । अहिलेको पत्रकारीता व्यवसायमुखी भएको छ उनले भने यसलाई व्यवसायीमुखी संगैै मिसन पत्रकारीताको आवश्यक छ । कोहलपुरमा माओवादी केन्द्रका पत्रकारहरुको उत्पादन गरी एक वडा एक पत्रकारको रुपमा विकास गर्ने अनुरोध समेत गरेका थिए । यस्तै प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिव वाग्लेले फिल्ड रिपोटिङ्गदेखि जोखिमसम्मको बारेमा चर्चा गरेका थिए ।

यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नगर सचिव दान बहादुर वली, कृष्ण बहादुर थारू प्रेस सेन्टर नेपाल बाँकेका उपाध्यक्ष राजेश आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य खगेन्द्र आचार्य, कोहलपुर नगर कमिटि सदस्य पुष्पराज हमाल लगायतको उपस्थित रहेको थिथो । सो तालिमका प्रमुख प्रशिक्षकहरुमा डक्ट धिताल, सिराज खाँन, शिव सुनार, शुशिल शर्मा(लामिछाने) प्रदिव वाग्ले, राजेश आचार्य रहेका छन् । कोहलपुर नगरपालिका भित्रकबा १५ वटै वडाबाट एक जना हुने १५ जनाको उपस्थित रहेको छ ।