कोहलपुरमा पालिका स्तरीय छात्रा क्रिकेट कप प्रतियोगिता फागुन २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने




कोहलपुर ।

कोहलपुर नगरपालिकामा पालिका स्तरीय छात्रा क्रिकेट कप प्रतियोगिता फागुन २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुन लागेको छ । बालशिक्षा आधारभुत विद्यालय-१३ भरैयामा पालिका स्तरीय छात्रा क्रिकेट कप प्रतियोगिता हुन लागेकाे छ ।

बालशिक्षा आधारभुत विद्यालयका प्रअ टर्क बहादुर खत्रीले पालिका स्तरीय छात्रा क्रिकेट प्रतियोगिताको सञ्चालन गर्ने विभिन्न योजना बनाउन लागि सो कार्यक्रम गरिएको बताए । पालिका स्तरीय छात्रा क्रिकेट कप प्रतियोगिताकाे सञ्चालन तथा ब्यवस्थापन समिति समेत निर्माण गरेको छ ।

डम्बर बहादुर विश्वकर्माकाे संयाेवकत्वमा ९ सदस्यी समिति निर्माण गरिएको छ । जसकाे सदस्यहरुमा टर्क बहादुुर खत्री, क्रिसा कोहलपुरको प्रतिनिधि १ जना , सामुदायिक विद्यालयका तर्फबाट (मावि र आवी) दुई जना, शिक्षा युवा तथा खेलकुद शाखाबाट १ जना, शिक्षक अभिभावक संघबाट १ जना र अन्य शिक्षक महासंघको तर्फबाट १ जना हुने गरी समिति निर्माण गरिएको छ ।

सो कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखाबाट बल बहादुर नेपााली, बागेश्वरी बहुमुखी क्याम्पसका पाठ्यक्रम विभागका प्रमुख एकराज शर्मा, विव्यस अध्यक्ष, अभिभावक लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १३ गते शुक्रबार