कोहलपुर बाल क्लबको अध्यक्षमा केसी (फाेटाे फिचर)




कोहलपुर ।

कोहलपुर नगर स्तरिय बाल क्लबको अध्यक्षमा दिपक केसीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ मंगलबार कोहलपुर नगर स्तरको बाल भेलाले सो नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा नम्रता बुढाथोकी, सचिवमा भवना थापा, सहसचिवमा दिलिप जोशी र कोषाध्यक्षमा आकृति पुन मगर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा जिवन कुमार शाही, कामना विक, जुना विक, मोहन रोकाय, विनिता खत्री, यमुना धिमिरे, रुविना खत्री, हरिसिंह थारु, शिलिका अर्याल, सुगम विक, पुनम थारु लगायतको नयाँ कार्यसमिति चयन भएको हो ।

सो कार्यक्रममा पुराना कार्यसमितिलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत रहेका थिए भने सभापति कोहलपुर नगर बाल क्लबका पूर्व अध्यक्ष रमेश ओर रहेका थिए ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक नारायणी वली, प्रमुख प्रशासकि अधिकृत टिकाराम ढकाल, महिला तथा बालबालिका शाखाकी प्रमुख घटना शाहको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १० गते मंगलबार