नेपालगञ्ज ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले निर्माण गर्नका लागेको दश वर्षे शिक्षा योजनामाथिको अन्तिम मस्यौदा तयारी कार्याशाला शुरु भएको छ । ९ गते नगर क्षेत्रका शिक्षा क्षेत्रका व्यहिरुको सहभागितामा गरिएको कार्यशालामार्फत प्राप्त सुझाव कार्यान्वयन गर्न मस्यौदा निर्माण कार्यदल गठन बनाएर मस्यौदा तयारी कार्यशाला शुरु भएको हो ।
तीन दिने कार्यशालाले दश वर्षे शिक्षा योजनालाई मूर्त रुप दिनेछ । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका बेद प्रसाद डाँगीले प्राबिधिक सहयोग गर्दै शिक्षाका न्यूनतम आधारभूत र शिक्षा क्षेत्रको क्षेत्राधिकारबारे प्रष्ट पार्नुभएको थियो ।
त्यस क्रममा उहाँले बिभिन्न पालिका तथा जिल्लामा निर्माण भएका उत्कृष्ठ शिक्षा नीति तथा निर्देशिकालाई अलम्बन गर्न सकिने कुरामा समेत जोड दिनुभएको थियो । बिभिन्न नमूनागत योजनाले समेत यस नगरपालिकाको शिक्षा योजनामा समेटन सकिने कुरामा छलफल गरिएको थियो ।
नगरपालिकाको समन्वय, प्लानको सहकार्यमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा संचालित सिकाई परियोजनाको सहयोग रहेको छ ।
कार्यशालामा शिक्षा समितिका पदाधिकारी, अन्य सरोकारवाला, नगरपालिका कार्यसमिति सदस्य, परियोजना प्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमलाई शिक्षा शाखा प्रमुख सीता भण्डारीले संचालन गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्