संसदमा एमसीसी टेबल हुँदा तनावग्रस्त बनेको सडक




प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा संसद भवन बाहिरको सडक भने अशान्त रह्यो । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नै एमसीसी टेबल गरेको विरोधमा सडक प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारी उत्तेजित र प्रहरी संयमित हुन नसक्दा दिनभरजसो बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर संसद भवनतिर अघि बढ्न खोज्दा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास, पानीको फोहोरा हान्नुका साथै रबरको गोलीसमेत चलायो ।

प्रदर्शनकारीले प्रहरीतर्फ इँटा र ढुंगा प्रहार गरे । दिउँसो १२ बज्दा नबज्दै सुरु भएको तनाव अपरान्ह साढे चार बजेसम्म रह्यो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ८ गते आइतबार