अनेरास्ववियू कोहलपुर एसको अध्यक्षमा बुढा (फाेटाे फिचर)

कोहलपुर ।

नेकपा (एकिकृत समाजवादी) पार्टी निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कोहलपुर नगर कमिटि अध्यक्षमा युवराव बुढा चयन भएका छन् ।

उपाध्यक्षमा सिष्टी रेग्मी, सचिवमा रविन बम ठकुरी, सहसचिवमा गौरी रामु मगर, विनोद कठायत र अंजराज शाही, कोषाध्यक्ष निरुता थापा लगायत ४५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

यस्तै प्रमुख अतिथि केन्द्रीय सदस्य अब्दुल हुसेन खाँ, अखिल नेपाल महिला संघ समाजवादी बाँके तथा एसको कोहलपुर नगर कमिटि अध्यक्ष नारायणि वली, अनेरास्ववियूका केन्द्रिय सदस्य टेकेन्द्र मल्ल, कालि बहादुर डाँगी, खगराज राेकाय, काेहलपुर नगर इचार्ज मन्जु काेइराला लगायत को उपस्थिति रहेको थियो ।