बाँकेमा आज फेरी बाघले मान्छे खाएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ डाँडाटेपरीका ६० बर्षीय धन बहादुर चलाउनेलाई बाघले खाएको हो ।
राप्ती पिडित सामुदायिक बनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार ८ बजेतिर झम्टेर लगेको थियो । प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा शव फेला पारेको अस्थायी प्रहरी पोष्ट फत्तेपुर ख का प्रहरी नायव निरीक्षक यज्ञ खत्रीले जानकारी दिए । यो समेत गरी बाघले बाँकेमा ५ जनालाई खाइसकेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार












प्रतिक्रिया दिनुहोस्