बाँकेमा बाघले फेरी मान्छे खायो

बाँकेमा आज फेरी बाघले मान्छे खाएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ डाँडाटेपरीका ६० बर्षीय धन बहादुर चलाउनेलाई बाघले खाएको हो ।

राप्ती पिडित सामुदायिक बनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार ८ बजेतिर झम्टेर लगेको थियो ।  प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा शव फेला पारेको अस्थायी प्रहरी पोष्ट फत्तेपुर ख का प्रहरी नायव निरीक्षक यज्ञ खत्रीले जानकारी दिए । यो समेत गरी बाघले बाँकेमा ५ जनालाई खाइसकेको छ ।