भगवती पोख्रेल, कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको कोहलपुर साना किसान कृषि सहकारी संस्थाको ११ औैं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।
कार्यक्रममा थापाले बोल्दै आर्थिक समृद्धि र समाज रुपान्तरण गर्नका लागि सहकारीको आवश्यकता रहेको बताए । यस्तै कोेहलपुर साना किसान कृषि सहकारी संस्थाले आर्थिक वर्ष २०७८/२०७९ मा ४८ लाख ४९ हजार ७ सय ४७ रुपैया नाफा कमाएको छ ।
आर्थिक वर्ष २०७८/२०७९ मा १० करोड ९३ लाख ६९ हजार १ सय ८ रुपैयाको कारोबार गरेको छ भने संस्थाको १ सय ९३ समुह मध्ये एक समुहलाई उत्कृष्ट घोषणा समेत गरिएको थियो । उत्कृष्ट हुने समूहमा पर्ने पटाउकी बस्नेत, अमृता बोहोरा, सेमी खत्री, बृद्धि चलाउने, कमला बुढाथोकी, निर्मला खत्री, सरिता बुढाथोकी र शुसिला चलाउनेको समूह उत्कृष्ट भएको थियो । उनीहरुलाई नगद र प्रमाण पत्र समेत उलपब्ध गराएको थियो ।
कोेहलपुर साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष जानकी पुनले साना किसानहरुको आर्थिक तथा सामाजिक विकास गर्ने द्येयका साथ स्थापना गरिएको बताइन् । उनका अनुसार सुत्केरी पोषण कार्यक्रम, सामुदायिक कार्यक्रम र गरीवी न्यूनिकरण सम्बन्धी कार्यक्रमहरु अझै व्यवस्थित रुपमा सञ्चालन गरिने बताइन् । उनले कोरोना संक्रमणको जोखिम भएको समयमा आफ्ना सदस्यहरुलाई सहयोग गरेको समेत बताइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्