एमसीसी राष्ट्रघाती भन्दै महराले भने- कांग्रेसले टेबुल गरे गठबन्धन टुट्छ

एमालेले लालपूर्जा वितरण सुरु गर्ने काम बन्द गर्‍याे : नरेन्द्र

कोहलपुर ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले काँग्रेसले राष्ट्रिघाती एमसीसीको समर्थन भए गठबन्धन टुट्ने बताए । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर कमिटिको आयोजनामा प्रथम विस्तारित बैंठकमा बोल्दै महराले राष्ट्रिघाती एमसीसी संसोधन नगरी राष्ट्रिय हित विपरित काम भयो भने गठबन्धन टुट्ने बताएका हुन् ।

‘हामी एमसीसीको समर्र्थनमा होइनौं, उनले भने, ‘यद्यपी काँग्रेस राष्ट्रिघाती एमसीसीको समर्थन भयो भने गठबन्धन टुट्छ ।’ ‘गठबन्धन जोगाउने हो भने काँग्रेसले केही समय स्थगित नै गर्नुपर्दछ, उनले थपे, एमसीसी रोक्नुपर्दछ वा काँग्रेसले टेबुल गर्छ हामी छोड्दिन्छौं, त्यसको समर्थन गदैनौं र त्यो भन्दा अरु विकल्प केही छैन ।’ अहिलेसम्म सभामुख एमसीसी पास गर्ने पक्षमा नभएको नेता महराले दावी गरे । उनका अनुसार विचौलियाको साँठगाँठ, भष्टाचार र न्याय प्रति विसंगतिका कारणले महाअभियोग बताएका थिए । यस्तै महराले तोकिएको मितिमा स्थानीय चुनावमा हुने भन्दै चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

एमालेले लालपूर्जा वितरण सुरु गर्ने काम बन्द गर्‍याे : नरेन्द्र

यस्तै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले कोहलपुरको विकास र समृद्धिका लागि माओवादीको नेतृत्व आवश्यक रहेको बताए । ‘माओवादीले पहिलो मुद्धा भनेको लालपूर्जा हो, उनले भने, त्यसलाई पूर्णता दिन राष्ट्रिय भूमि आयोगमा गएर कोहलपुर नगरपालिकासंग सम्झौताको काम पुरा गरे तर अहिले नेकपा एमालेका जनप्रनितिधिहरुले माओवादीको नेतृत्वमा लालपूर्जा वितरण भयो भने आगामी चुनावमा भोट नदिने डरले काम नै सुरु नगरेको बताए ।

अभियान अन्तर्गत संगठन निर्माण, जन सेवा र जनपरिचालनका काम गर्ने माओवादीले जनाएको छ । कार्यक्रममा कोहलपुर क्षेत्रका २ दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा एमाले र काँग्रेस परित्याग गरि उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेको नगर अध्यक्ष खड्काले जानकारी दिए ।