काठमाडौं । प्यालिस्टिनीमाथि इजरायलले गरिरहेको जनसंहार विरुद्ध संयुक्त अभियान नेपालले हस्ताक्षर अभियान सुरु गरेको छ । सोमबार राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानले हस्ताक्षर अभियान सुरु गरेको हो ।
हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी भएका छन् । नेताहरू उपेन्द्र यादव लगायतको समर्थन रहेको बताइएको छ ।
नागरिक अगुवा तथा लेखक श्याम श्रेष्ठले संयोजन गरेको हस्ताक्षर अभियान एक महिनासम्म सञ्चालन हुने जनाइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्