लालपूर्जाको माग गर्दै कोहलपुर नगरपालिकालाई बुझाए १२ बुदे ज्ञापन पत्र (हेर्नुहास् पूर्ण पाठ)

कोहलपुर ।

नेकपा (माओवादी केन्द्र) ले १२ बुँदे माग राख्दै जनवर्गीय संगठनहरूले कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । माओवादी केन्द्र निकट अखिल नेपाल सुकुम्बासी संघ, वाइसिएल, अखिल क्रान्तिकारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भनिएको छ, भुमि आयोगको काम तत्काल सुरु गरी पुर्जा वितरण गनुपर्ने, किसानहरुलाई राहत वितरण, फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, बधशालाको निर्माण नहुँदै लाखौ रुपैैयामा लिएको र त्यसको असुर उपर गर्नुपर्ने, टुक्रा टुुक्रा योजना बनाई गुणस्तर हिन काम नगर्ने, अस्पताल, एम्बुलेन्स, प्रशासनिक भवन निर्माण गर्नुपर्ने लगायत १२ बुदे माग सहित ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा उल्लेखित मागहरुलाई कोहलपुर नगरपालिकाले एक हप्ता भित्र सार्वजनिक गरी जनताहरुको सूचनाको हक पाउनुपर्ने अन्यथा अन्दोलनका कार्यक्रमहरु जारी गर्ने चेतावनी सहित ज्ञापन नगर प्रमुखलाई बुझाएका थिए ।

कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले कोहलपुर टुडेसंग कुराकानी गर्दै, अहिले भखरै ट्वाक्कै काम गर्ने केही सुझाव नदेखेको बताए । ‘नापी सम्बन्धीको काम गर्नेका लागि केन्द्रबाट जे निर्देशन आउँछ, त्यहि अनुसार काम गर्ने हो, उनले भने, ‘बधशाला निर्माण नगरी भुक्तानी लिएको छैन ।’

रावतका अनुसार बधशालाको बारेमा ज्ञापन पत्रमा कसरी लेख्नुभयो मलाई थाहा छैन, दुई कम्पनीहरुको अदालतमा मुद्धा भएकोले काम नै सुरु भएको छैन, काम सुरु नगरी कसरी भुक्तानी हुन्छ ? उनले प्रश्न गरे । अहिले टुक्रा योजना बनाएका छैनाैँ एक निर्माण व्यवसायीलाई ५ वटासम्म ठेक्का दिएको रावतले बताए ।

यस्तै रावतका अुनसार एम्बुलेन्सको लागि प्रदेशमा पत्र पठाएका छौं प्रदेशले स्वास्थ्यलाई पत्र पठाएपछि मात्र अर्थबाट स्वीकृति भएपछि मात्र कोहलपुरमा एम्बुलेन्स आउने बताए । कोहलपुर नगरपालिकासंग बजेटको अभावका कारणले बजेट माग गरेका थियौ उनले भने त्यसको बजेट स्वीकृति भैसकेको छ, त्यसको ठेक्का हुन बाँकी रहेको बताए ।

ज्ञापन पत्र हेर्नुहाेस् ।