सकियो कोहलपुरमा लैगिंक हिंसा विरुद्ध अभियान (फोटो फिचर)

शर्मिला जैसी, कोहलपुर । 

‘घर शान्ति नै विश्व शान्तिको आधार: दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ मंसिर ९ गतेबाट कोहलपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको थियो । सो अभियान शुक्रबार महिला तथा बालविकास शाखा कार्यालयबाट बाजागाजा सहित न्यूरोड हुँदै साँझा चोकबाट परिक्रमण गरी नगरपालिकाको सभाहलमा कोण सभामा परिणत भएको थियो ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले महिला हिंसाको न्यूनिकरण गर्नुपर्नेमा नगरपालिका गम्भिर भएर लागेको बताए । यस्तै महिला तथा बालबालिका शाखा प्रमुख घटना शाहले महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरण गरी महिला हिंसा रोक्नुपर्नेमा जोड दिएकी थिइन् ।