कोहलपुर ।
बाँकेमा लामो समयदेखि सञ्चालनमा रहेको सामी परियोजना प्रभावकारी बन्दै गएको छ । बाँकेका चार वटा स्थानीय तहमा सामी परियोजना सञ्चालन भैइरहेको छ । नेपालगञ्ज, कोहलपुर, बैजनाथ र खजुरा रहेका छन् । कोहलपुरमा सामी परियोजनाको अनुगमन गरिएको थियो भने नेपालगञ्जमा अनुगमन गरिएको थियो ।
नेपालगञ्जमा सामी परियोजनाको मनोपराशर्मका कारणले गर्दा मनिसा (नाम परिवर्तन) को जिवन बाचेको छ । उनको श्रीमानको घाँटीमा माछाको काडाँ अट्केर मृत्यु भएको थियो । त्यसपछि उनको श्रीमानको मृत्यु पश्चात उनी डिप्रेशनमा गरी दुई वर्षसम्म ओछ्यामै थिइन् । परिवारले सामी परियोजनामा कार्यरत पुजा भण्डारीलाई भेटायो । उनले १ वर्षसम्म मनोसामाजिक परामर्श भयो । उनको अहिले सामान्य कामकाज गर्ने र अब मैले पनि केही गर्नुपर्दछ भन्ने सोच बनाएकी छिन् मनिसाले । यो एउटा उदारण मात्र हो । नेपालगञ्जमा ३० वटा महिलाहरुको जिवन नै दान गरेको उदारणीय कामहरु रहेका छन् ।

यस्तै कोहलपुर नगरपालिकामा पनि सिता (नाम परिवर्तन) को जीवनमा मनोसामाजिक परामर्शपछि बिल्कुलै सकारात्मक परिवर्तन आएको छ । उनको जन्म कोहलपुर नगरपालिका ११ मा भएको हो । श्रीमान् वैदेशिक रोजगारीको लागि वि.सं. २०७५ सालमा खाडी मुलुक मलेसिया गए । श्रीमान् काममा गएपछि सिताले जीवनमा नयाँ परिवर्तन आउला, श्रीमान्ले खर्च पठाउनु होला, बालबच्चा पढाउन र स्कूलमा पढाउन सजिलो होला भन्ने सपना देखेकी थिइन् । उनका छोरा दुई वटा थिए ।

श्रीमान मलेसियामा हुँदा पनि राम्रो व्यवहार देखाई राख्नुभएको थियो । अबसोच उनका श्रीमानलाई कोरोना देखियो । उपचार पनि भयो । तर विडम्बना २०७८ असार महिनामा सिताको श्रीमानलाई कोभिड भयो । कोभिडका कारणले उनका श्रीमानको मृत्यु भयो । जब श्रीमान मृत्यु पश्चात चिन्ता, पिरले गर्दा अब केही गर्न सक्दैन की भन्ने सोचका कारण उनी डिप्रेशनमा पुगिन् । डिप्रेशनको बेलामा उनका दुई छोराछोरीको खाना बस्न लगायत अन्य समस्याले झन परिवार समस्याले ग्रसित भयो । यसरी डिप्रेशनबाट ग्रसित भएर सिता दुःखपूर्ण जीवन चलिरहेयो ।

करिब २ महिनासम्म डिप्रेशनको औषधि प्रयोग गरिन् । एक दिन समूह छलफलको क्रममा सामी परियोजना अन्तर्गत कार्यरत् मनोसामाजिक परामर्शकता सम्झना चौधरीसँग उनको भेट भयो । चौधरीले वैदेशिक रोजगारका कारण घर परिवारका महिला तथा वालवालिकामा परेको समस्यालाई कसरी सहज तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे आधारभूत जानकारी दिइन् ।
परामर्शर्तासँग नियमित भेटघाट हुन थाल्यो । मनोपरामर्शकर्ताको आफूप्रतिको बोलीचाली व्यवहार देखेर सितालाई आफ्नो जीवनमा परिवर्तन आउन सक्नेप्रति विश्वस्त बनेकी थिइन् । वर्षले ४५ पुगेकी सिताले परामर्शकर्तासँग गरिएका कुराहरु गोपानीय रहने बुझेपछि परामर्शकर्तासँग भेटेर आफ्नो समस्याहरु बारेमा खुलेरै कुरा गरिन् ।

प्रत्येक भेटमा परामर्शकर्तासँग हुने करिव घण्टाको मनोसामाजिक परामर्शको क्रममा आफ्नो मन हल्का हुँदै गएको महसुस गरिन् । यसले उनमा एक प्रकारको साहस, आँट वढ्दै गइरहेको थियो । सोही बमोजिम व्यवहारमा पनि सकारात्मक परिवर्तन हुदै गएको थियो । परामर्शकर्ताले भेटघाटको क्रममा सिताको समस्यालाई राम्रोसँग बुझी त्यसको समाधान भयो । आफूमा आएको परिवर्तन मनोपरामर्सकर्ता सेवाको कारण सम्भव भएको सिता बताउँछिन् । कोहलपुर नगरपालिका भित्रका २० जना महिलाहरुको डिप्रेशनको औषधि लिनबाट छुट्कारा मिलेको र १५ जना महिलाहरुको मनोसामाजिक परामर्श भइरहेको चौधरीले बताउँछिन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्