कुमाख (सल्यान) ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कुमाख गाउँपालिकाको अध्यक्षमा देवसरा वली चयन भएकी छिन् ।
शुक्रबार भएको कुमाख गाउँपालिकाको दोस्रो पालिका सम्मेलनबाट देवसरा वलीको अध्यक्षतामा २९ सदस्यीय कमिटि गठन भएको हो ।
जसको उपाध्यक्षमा प्रकाश शाही, पवित्रा राना र लक्ष्मी रावत, सचिव लोकराज सुनार, सह सचिव दिपा बिष्ट, चेतनाथ योगी र भुमिका बुढाथोकी र कोषाध्यक्षमा मिना बुढाथोकी चयन भएका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ भदौ १५ गते शनिबार













प्रतिक्रिया दिनुहोस्