जन्ती बोकेको पिकअप भ्यान दुर्घटना: २२ जना घाइते,३ को अवस्था गम्भीर

भारत बाट दुलही लिन दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको पिक अप भ्यान दुर्घटना हुँदा २२ जना घाइते भएका छन ।

३ जनाको अवस्था गम्भीर छ । भारत उत्तर प्रदेशको शंकरपुर भन्ने ठाउँबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउदै गरेको पिकअप भ्यान शुक्रबार साँझ ७ बजे तिर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइते सबैलाई उपचारका लागि लमही अस्पताल ल्याइएको छ । घटनाको बिस्तृत विवरण भने आउँन बाँकी छ ।