कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई कृतिम अंग र क्याफर वितरण गरेको छ । कोहलपुर नगरपालिका प्रमुख लुुट बहादुर रावतले वितरण गरेका थिए । अपाङ्ग नवजिवन केन्द्रको आयोजना र कोहलपुर नगरपालिकाको सहयोगमा वितरण गरिएको
हो ।
वितरण गर्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले हिडडुल गर्नका लागि सहज र सरल गराउनका लागि वितरण गरिएकोबताए । ‘अपाङ्गता भएका व्यक्तिहरुलाई यो सानो सहयोग हो तर ठुलो बजेट भएको भए अति राम्रो हुन्र्थो, यो कम्तीमा ५ वर्ष टिक्नेछ’ उनले भने ।
यस्तै सामाजिक विकास शाखा संयोजक नारायणी वलीका अनुसार अपाङ्गता भएका व्यक्तिहरुको आयस्रोतका कमीका कारणले घरभित्रै बस्नुपर्ने बाध्यता हटेको बताइन् ।
यस्तै अपाङ्गता नवजिवन केन्द्र कोहलपुर बाँकेका अध्यक्ष जंग बहादुर डाँगीले कृतिम अंग र क्याफरको साइज नाप्नको लागि अपाङ्गता भएका व्यक्तिहरुलाई भारतमा गएर आएको बताए । ‘नेपालमा पहिलो पटक होला, उनले भने, ‘भारतको राजस्थानको जयपुर भन्ने स्थानमा गई स्वयम् अपाङ्गता भएका व्यक्तिहरुले आ-आफ्नो साइज अनुसारको अंग र क्याफर निर्माण गरी ल्याउनुभएको छ ।’
कोहलपुरका पहिलो र निलो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिहरुलार्ई वितरण गरिएको अपाङ्गता नवजिवन केन्द्र कोहलपुर बाँकेका अध्यक्ष डाँगीले बताए । उनका अनुसारकृतिम खुट्टा, क्याफर, बैशाखी, वाकर र स्टिक लगायतका साम्रागीहरु वितरण गरिएको डाँगीले बताए ।
काेहलपुर टुडे । २८ माघ २०७८, शुक्रबार २१:०३