कोहलपुरलाई क्षयरोग मुक्त पालिका बनाउने अभियान सुरु

कोहलपुर ।

कोहलपुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सरकारले कोहलपुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको पाँच वर्षमा कोहलपुरलाई क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ । क्षयरोग निवारणका लागि कोहलपुरसहित नेपालका २२ पालिका छनोट भएका छन् ।

क्षयरोग मुक्त पालिका बनाउन प्रतिवर्ष प्रति रु १० लाखमा १ भन्दा कम बिरामीको संख्या भएमा अन्त्य भएको मानिने छ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरिएको छ ।

कोहलपुर नगरपालिकाकाकी स्वास्थ्कर्मी तथा क्षयरोग फोकल पर्सन सारदा चन्दले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शङ्का लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर समिति गठन भएको र वडा समिति गठन भयो भने प्रत्येक वडाका प्राथामिक स्वास्थ्य केन्द्रबाट सुरु हुने बताइन् ।

उनका अुनसार सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भए पनि अझै जनचेतनाको कमी, रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या भएको स्वास्थ्कर्मी तथा क्षयरोग फोकल पर्सन चन्दले बताइन् ।