अखिल (क्रान्तिकारी) कोहलपुरका अध्यक्षमा दिपक राज ढकाल




कोहलपुर ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को दोस्रो नगरपालिका सम्मेलनबाट दिप राज ढकाल अध्यक्षमा चयन भएका छन् ।

शुक्रबार भएको दोस्रो नगरपालिका सम्मेलनमा अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपानेको प्रमुख अतिथ्यिता नयाँ कार्य समिति चयन भएको हो ।

दिप राज ढकालको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ । जसमा उपाध्यक्ष टोपेन्द्र शाही र रविन दाहाल, सचिवमा राजन अधिकारी, सह-सचिवमा स्वस्तिका लामिछाने र पुजा सुनार र कोषाध्यक्षमा दिपेन्द्र शर्मा रहेका छन् ।

यस्तै सदस्यहरुमा सलीन योगी, सारदा तिवारी, सृजना वि.सी, विशाल थापा, करिश्मा धमला, स्मृती यौपाने, समिक्षा चालिसे र मेलिना वि.सी रहेका छन् । थप मनोनित गर्ने छन् ।

यस्तै सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्ष न्यौपाने नयाँ टिमले अबका दिनमा नयाँ पुस्तालाई समेटने गरी आफ्ना योजनाहरु ल्याउनुपर्ने बताए । आफूले भोगेका र गरेका विषयहरुलाई सुनाउँदै विद्यार्थीहरुलाई थप उर्जा थपेका थिए ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र बाँकेका इन्चार्ज नरेन्द्र पाण्डे (जेम्स), कोहलपुर नगर कमिटि अध्यक्ष अवराज खड्का, लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ती, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव विनोद बराल, अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश उपाध्यक्ष भिम खरेल, अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश प्रमुख सचिव राजेन्द्र विष्ट, अखिल (क्रान्तिकारी) का बाँके इन्चार्ज सुरेन्द्र जंग शाह र अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला इन्चार्ज रेशम अधिकारी लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिबार