नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा




पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ-संस्थाहरूलाई बिदा दिइएको जानकारी दिएको हो ।

नगरपालिकाको सभा बुधबार सम्पन्न भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहीबार