नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा

पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ-संस्थाहरूलाई बिदा दिइएको जानकारी दिएको हो ।

नगरपालिकाको सभा बुधबार सम्पन्न भएको थियो ।