राजश्व ठग्ने याक एण्ड यतिको फाइभस्टार दर्जा र क्यासिनो लाइसेन्स रद्द (निर्णयसहित)

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ४२ करोड रुपैयाँ भन्दा बढी राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै याक एण्ड यति होटलको क्यासिनोको लाइसेन्स रद्द गरेका छन् । मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटलको पाँच तारे स्तरको वर्गीकरण प्रमाणपत्र समेत रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ ।

होटलको नाममा रहेको सम्पूर्ण अलच सम्पत्ति रोक्का राख्ने र वैंक तथा वित्तीय संस्थामा रहेका सबै खाता तथा कारोबार रोक्का राख्ने निर्णय समेत भएको विभागले जनाएको छ ।

मन्त्री आलेले रोयल्टी नबुझाउने क्यासिनो सन्चालकको तीन पुस्ते विवरणसहितको सूचना निकालेर अन्तिम मौका दिन लगाएका थिए । यसबीचमा रोयल्टी नतिरी फरार हुन लागेका क्यासिनो सन्चालक माइक बोल्सोभरलाई अध्यागमनबाटै रोक्न लगाएका थिए । यसबीचमा केही क्यासिनोले राजश्व बुझाएका छन् भने नबुझाउनेको लाइसेन्स रद्द गर्ने तयारी छ ।