कर्णाली प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)




कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो ।

सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ ८५ जना, नायव प्राविधिक सहायकतर्फ १६ जना, पशुस्वास्थ्य प्राविधिक तर्फ ६९ जना सहायक महिला विकास निरीक्षक १३ जना, कम्प्युटर अपरेटर ४ जना, अनमी ७० जना, अहेब ४८ जना, वैद्य ४ जना र ल्याब असिस्टेन्ट १० जना मागेको छ।

खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ । योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

अप्राविधिकको प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुनेछ।

विज्ञापन हेर्नुहाेस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मंगलबार