नाडाको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं ।

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् ।

फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १४ सय १३ मत पाउँदा सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १३ सय ४७ मत पाए । कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै छन् । ३ हजार २ सय १६ मतदातामध्ये निर्वाचनमा २७ सय ८८ मत खसेको थियो ।