आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ ।

नेपालको राष्ट्रिय टोलीले सोमबार खेलिने आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० क्रिकेटमा पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी-२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृङ्खला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ ।

भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्नेछ ।त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी-२० र एकदिवसीय शृङ्खला खेल्नेछ ।