काठमाडौँ ।
शहिद स्मारक लिग ए डिभिजन ०७८ को चौथो चरणका खेल शुक्रबारदेखि सुरु हुँदैछ । दरशथ रंगशालामा हुने यस चरणका खेलको पहिलो प्रतिस्पर्धामा मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब भिड्दै छन् ।
अहिलेसम्म अपराजित रहेको मनाङको तीन खेलबाट ७ अंक छ र तेस्रो स्थानमा छ । फ्रेन्ड्सले भने अहिलेसम्म तीन खेलमा जित निकाल्न सकेको छैन र दुई अंकमा दसौं स्थानमा छ ।
मनाङले यसै खेलबाट आफ्ना मुख्य प्रशिक्षक नाइजेरियाली फुजा टोपेको नेतृत्वमा खेल्दैछ । यसअघि क्लबले आफ्ना पूर्व खेलाडी राजेन्द्र तामाङको प्रशिक्षणमा खेलेको थियो ।
यस्तै, दिनको दोस्रो खेलमा च्यासलले आर्मीको सामना गर्नेछ । आर्मी तीन खेलबाट पाँच अंकमा छैटौं स्थानमा छ । च्यासल भने तीनै खेलबाट चार अंकमा नवौं स्थानमा छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्